नेपाल प्रज्ञा-प्रतिष्ठान

नेपाल प्रज्ञा-प्रतिष्ठान नेपालका भाषा, साहित्य, कला-कौशल, सङ्गीत-नाट्य र संस्कृति तथा सामाजिक शास्त्र सम्बन्धी अध्ययन, अन्वेषण एवं मौलिक सृजना, राष्ट्रका विद्वान् एवं प्रतिभाहरूको सम्मान, सृजनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता र अभिरुचिको संवर्धनसहित बौद्धिक तथा सांस्कृतिक क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालनका लागि स्थापित एक प्रतिष्ठित राष्ट्रिय संस्था हो। यसमा हाल भाषा-साहित्य, संस्कृति तथा सामाजिक शास्त्र, नाट्य-सङ्गीत र कला-कौशल गरि चार विभाग छन्। यसको उद्देश्य नेपालको राष्ट्रभाषा नेपाली, नेपालका राष्ट्रिय भाषाहरू, साहित्य, कला, कौशल, सङ्गीत, नाट्य, संस्कृति र सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयको अध्ययन, अन्वेषण एवं मौलिक सिर्जनाका माध्यमद्वारा उपयोगी कृतिहरू तयार गर्ने, गराउने तथा यस क्षेत्रका विद्वान् एवं प्रतिभाहरूको समुचित कदर एवं सम्मान गर्ने र उपयुक्त विषयसम्बन्धी आवश्यक अन्य कार्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न गराई तथा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता र अभिरुचि बढाई बौद्धिक तथा सांस्कृतिक क्षेत्रको सर्वाङ्गीण विकास गर्ने हो।
ठेगाना
कमलादी,काठमाडौं,नेपाल
फोन नं:४२२१२८३,४२२१२४२,४२२१२४१
फ्याक्स:९७७-१-१४२२११७५
पो.ब.:२३०५८
इमेल:rnacademy@wlink.com.np
वेबसाइट:www.nepalacademy.org.np